मनकामना मन्दिर २३ गतेदेखि खुल्ने
गोरखा । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरसहितका अन्य धार्मिक स्थलहरू पर्सि २३ गतेदेखि खुल्ने भएका छन् ।
कोभिड जिल्ला कोभिड व्यवस्थापन समितिले आज बसेको बैठकले गरेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय गोरखाले आउँदो बुधवारदेखि मन्दिर खुल्ला गर्ने निर्णय गरेको हो ।
शहीद लखन गाउँपालिका, मनकामना क्षेत्र विकास समिति र सरोकारवालाहरूको छलफलले मन्दिरमा २३ गतेदेखि पूजाआजा लगायत धार्मिक कार्य सञ्चालन गर्ने दिने निर्णय भएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्