नेपाली काँग्रेस २ नम्बर प्रदेशको सभापतिमा उम्मेदवारी दिने यादवको घोषणा

राजविराज । नेपाली कांग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवले आसन्न १४ औँ महाधिवेशनमा २ नम्बर प्रदेशको सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
सोमबार सदरमुकाम राजविराजस्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन गरी यादवले २ नम्बर प्रदेशको सभापतिमा उम्मेदवारी दिन लागेको घोषणा गर्नुभयो ।
उहाँले भन्नुभयो जिल्ला सभापतिमा दोस्रो पटक सभापति भई सकेका र तेस्रो पटक विधानमै व्यवस्था नरहेकोले २ नम्बर प्रदेशको सभापतिमा उम्मेदवारी दिन लागेको घोषणा गर्नुभयो ।
उहाँ पार्टी सभापति शेरबहादुर देउवा निकटका नेता हुन् । काँग्रेसको १४ औँ महाधिवेशन आगामी मङ्सिर सम्मा गर्ने तय भएको छ ।








प्रतिक्रिया राख्नुहोस्