हेलम्बु राजमार्ग अवरुद्ध,ठाउँ ठाउँमा पहिरो

सिन्धुपाल्चोक।गएराती देखिको अविरल बर्षाले मेलम्ची १२ र १३ को विभिन्न ठाउँमा पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका १२ बाहुनेपाटी र १३ मेलम्ची–जिरो किलो सडक खण्डस्थित फटकशिलामा पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सिन्धुखोलामा बिद्युतको पोल ढल्दा मेलम्ची बजार लगायत ठाउँमा बिद्युत् सेवा समेत अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिनुभयो ।
वर्षा रोकिएपछि मात्र पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन सकिने र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राईले आग्रह गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्