तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरका ३१ वडामा काँग्रेसको सर्वसम्मत नेतृत्व चयन

भक्तपुर  । नेपाली काँग्रेसको १२४औैं महाधिवेशन अन्तर्गत भक्तपुर जिल्लाका ४ नगरपालिकाका विभिन्न वडाहरूमा सर्वसम्मत रुपमा निर्वाचन सम्पन्न भएको छ ।

भदौ १८ गते शुक्रवारदेखि देशका विभिन्न जिल्लाका वडाहरूमा जस्तै भक्तपुरमा निर्वाचन प्रक्रिया सुरु भएको छ । यहाँ प्रायः वडा तहमा वडा कार्यसमिति र वडाबाट जाने क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत र निर्विरोध रुपमा चयन भएका छन् । जिल्लाका केही वडाहरूमा भने चुनाव हुने वातावरण देखिएको छ ।

भक्तपुरका ३८ वडामध्ये ३१ वटा वडामा कार्यसमिति चयन भइसकेको छ । यी सबै वडामा सर्वसम्मतिले कार्यसमिति चयन गरिएको छ ।

जसमा भक्तपुर नगरपालिकाका ९ वटा, सूर्यविनायक नगरपालिकाका ९ वटा, चाँगुनारायण नगरपालिकाका ६ वटा र मध्यपुर थिमी नगरपालिकाका ६ वटा वडामा सर्वसम्मत रुपमा कार्यसमिति चयन गरिएको छ ।

नेपाली कांग्रेस भक्तपुरका जिल्ला सदस्य एवम् अभिलेख शाखा प्रमुख सुशील बस्नेतले जिल्लाका ३१ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको जानकारी दिनुभयो ।

सूर्यविनायक नगरपालिकाका १० वटामध्ये १, २, ३, ४, ५, ६, ७, ८ र ९ मा सर्वसम्मत चयन भएको छ । 

भक्तपुर नगरपालिका १, २, ४, ५, ६, ७, ८, ९ र १० वडामा सर्वसम्मत सभापति चयन भएको नगर सभापति राम कासुलाले बताउनुभयो । 

त्यस्तै चाँगुनारायण नगरपालिका ४, ५, ६, ८ र ९ मा पनि सर्वसम्मत सभापति चयन भएका छन् । मध्यपुरथिमी नगरपालिकाका १,२, ३, ५, ८ र ९ नं वडामा पनि सर्वसम्मति भएको छ ।

कांग्रेस जिल्ला सचिव उद्धव सिलवालले स्थानीय तहको निर्वाचन सामुन्नेमा आएको र आमनिर्वाचन पनि आउँदै गरेको तथ्यलाई मध्यनजर गर्दै जिल्लामा सर्वसहमतिको अभ्यासलाई जोड दिएको बताउनुभयो ।

अहिलेसम्म भक्तपुरका चार वटै नपाका वडाहरूमा देखिएको चुनावी प्रक्रियाले सभापतिमा को अगाडी छ भन्ने विश्लेषण र आँकलन सुरु भएको छ । 

यससँगै जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेश क्षेत्रीय सभापति, नगर सभापतिलगायत विभिन्न पदाधिकारी र महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यमा उम्मेदवार लर्को लाग्न थालेको छ ।

दुई दिनअघि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले देशव्यापी वडा अधिवेशनको सुरुवात भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेबाट गर्नुभएको थियो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button