तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारीद्वारा २३ गते दुवै सदनको अधिवेशन आव्हान

फाइल तस्बिर

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो २३ गतेका लागि सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आव्हान गर्नुभएको छ । 


नेपाल सरकार मन्त्रीपरिषद्को २०७८ भदौ १९ गतेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते बुधवार, दिनको ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा दुवै सदनको अधिवेशन आव्हान गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button