तपाईँ सुन्दै हुनुहुन्छः

कर्मचारी युनियन दिवसमा बिरामीलाई फलफूल वितरण

जुम्ला । नेपाल निजामती कर्मचारी युनियनको १९ औँ स्थापना दिवसका अवसरमा जुम्लामा बिरामीलाई फलफूल वितरण गरिएको छ । 


१९ औँ कर्मचारी युनियन दिवसका अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य चन्द्र बहादुर खड्काले बताउनुभयो । 


उहाँका अनुसार स्थापना दिवसका अवसरमा बिरामीलाई फलफूल दिएर स्वास्थ्य लाभको कामना गरिएको छ । प्रतिष्ठानमा उपचार गराइरहेका करिब एक सय जना बिरामीलाई केरा, जुस वितरण गरिएको हो ।  


कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकास तथा सिचाई मन्त्री दिनबन्धु श्रेष्ठ, पूर्व सांसद ललितजंग शाही, जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा लगायत सङ्गठनका कर्मचारीहरूको सहभागितामा बिरामीलाई फलफूल वितरण गरिएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button