तपाईँ सुन्दै हुनुहुन्छः

सहमतिमा एक जना उम्मेदवारलाई अगाडि बढाइने : वरिष्ठ नेता पौडेल

फाइल तस्बिर

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता राम चन्द्र पौडेलले आगामी पार्टीको १४ औँ केन्द्रीय महाधिवेशनका लागि आपसी सहमतिमा एक जना उम्मेदवारलाई अगाडि बढाइने बताउनुभएको छ ।

काँग्रेसको भोलिदेखि वडा तहको अधिवेशन सुरु हुन लागेको पूर्व सन्ध्यामा महामन्त्री डा. शशाङ्क कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल, सुजाता कोइराला लगायतका प्रभावशाली नेताहरूको सहभागितामा आज आयोजित पत्रकार सम्मेलन वरिष्ठ नेता पौडेलले काँग्रेस विधि र पद्धति अनुरूप अगाडि बढ्नुपर्ने पार्टी रहेको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले पार्टीभित्रको कमीकमजोरी हटाएर लोकतान्त्रिक एवम् नेपाली जनताको भरोसाको पार्टी बन्नुपर्ने बताउनुभयो  ।

वरिष्ठ नेता पौडेलले आगामी महाधिवेशनमा सामूहिक नेतृत्वमा विश्वास गर्ने सबैसँग आपसी सहमति र छलफल गरेर कसले के जिम्मेवारी दिने भन्ने विषयमा समझदारी गरिने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button