भदौ २२ गतेसम्म सरकारको विस्तार हुने : जसपा अध्यक्ष यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले २२ गते पछि सरकारले पूर्णता पाउने बताउनुभएको छ ।
जसपाका अध्यक्ष यादवले जनकपुर विमान स्थलमा आज सञ्चारकर्मीहरुसंग कुरा गर्दै निर्वाचन आयोगले पार्टी रोज्नका लागि भदौ २२ गतेसम्म समय सीमा तोकेकाले त्यस पछि स्वतः सरकारको विस्तार हुने बताउनुभयो ।
उहाँले विगतमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्नका गणतन्त्रको रक्षा गर्दै गलत शोच एवं प्रवृत्तिको विरुद्धमा अहिलेको गठबन्धन बनेको र गठबन्धनको उद्देश्य पुरा नहुन्जेलसम्म एकता जारी रहने बताउनुभयो ।
जसपाका अध्यक्ष यादवले समतामूलक समाजको निर्माणका लागि निरन्तर सङ्घर्षको आवश्यकता रहेको बताउँदै वर्तमान उपलब्धिहरूको रक्षा गरेर सङ्घर्षलाई अगाडी बढाउन जरुरी रहेको बताउनुभयो ।
कार्यकर्ता तथा नेताहरूसँग छलफल गर्नका लागि जनकपुरधाम आइपुग्नु भएका यादव केही दिनसम्म जनकपुरधाममा नै बस्ने कार्यक्रम रहेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुर वरिष्ठ नेताहरू राजेन्द्र महतो एवं शरद सिंह भण्डारी जनकपुरधाम रहेको बेलामा यादव जनकपुरधाम आज आई पुग्नु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्