तपाईँ सुन्दै हुनुहुन्छः

छानबिन समितिले दार्चुला घटनाको प्रतिवेदन बुझायो

काठमाडौँ । दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्य तथ्य पत्ता लगाउन गठित छानबिन समितिले आफ्नो प्रतिवेदन आज गृह मन्त्रालयमा बुझाएको छ ।


प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले त्यसको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले प्रतिवेदन कार्यान्वयनको प्रक्रिया थाल्न गृह सचिव टेकनारायण पाण्डेलाई निर्देशन दिनुभयो ।

नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको भन्दै मन्त्री खाँणले स्थलगत रूपमा पुगेर तयार पारिएको प्रतिवेदनले नागरिकमा विश्वास जगाउनेमा आशावादी रहेको बताउनुभयो । संवेदनशील विषयमा तयार पारिएको प्रतिवेदन आगामी दिनका लागि पनि मार्गदर्शन बन्ने मन्त्री खाँणको विश्वास छ ।


साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ स्थित तुइन तरेर भारत जाने क्रममा खसेर धामी नदीमा बेपत्ता भएका थिए । पीडित पक्ष तथा स्थानीयवासीले भने भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिएका कारण खसेको आरोप लगाएका छन् भने कतिपयले डोरी फुस्काइदिँदा नदीमा खसेको बताउँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button