तपाईँ सुन्दै हुनुहुन्छः

ग्याँस ट्याङ्करको ठक्करबाट एकको मृत्यु

वीरगंज । एलपिजी ग्याँस बोकेको ट्याङ्करको ठक्करबाट आज दिउँसो वीरगन्ज महानगरपालिका वडा नम्बर २५  को ड्राइपोर्ट बहुअरी चौकमा एक जना साइकल यात्रीको घटना स्थलमै मृत्यु भएको छ । 

एलपीजी ग्याँस बोकेर भारतको रक्सौलबाट वीरगंज तर्फ आउँदै गरेको एनएल ०१ एबी ४३७३ नम्बरको  ट्याङ्करको ठक्करबाट साइकलमा सवार पर्साको बहुरमाई नगरपालिका वडा नम्बर २ निवासी लालबाबु साह तेलीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो । 

बहुदरमाईबाट वीरगञ्ज आउने क्रममा ड्राइपोर्ट बहुअरी चौकमा ट्याङ्करले पछाडिबाट साहलाई ठक्कर दिएको स्थानीयले बताएका छन् । 

ठक्कर दिने एलपीजी ग्याँसको बोकेको ट्याङ्कर तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button