तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्नका लागि सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुको बैठक बस्दैछ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको करिब दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको छैन ।

मन्त्रीपरिषद् विस्तारमा ढिलाई भइरहेको भन्दै तीव्र आलोचना भइरहेका बेला गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।

सत्तारुढ गठबन्धनमा नेपाली काग्रेंस, माओावादी केन्द्र, जनता समाजवादी र नेकपा एकिकृत समाजवादी समावेश छन् ।
आज बस्ने बैठकले मन्त्रालय बाँडफाँटको टुंगो लगाउने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button