तपाईँ सुन्दै हुनुहुन्छः

कालीगण्डकीमा माथिबाट पहिरो खस्यो, बेनीको कालिपुल बजार क्षेत्रका ३० घरहरू जोखिममा

म्याग्दी ।  म्याग्दीस्थित कालिगण्डकीमा माथिबाट पहिरो खसेको छ । 

पहिरो खस्दा जिल्लाको सदरमुकाम बेनी बजारको कालिपुल बस्ती जोखिममा परेको छ । 

कालिगण्डकी नदीमा पहिरो खस्दा बस्तीमा छिरेको नदीको छाल र बाढीले तीन जना घाइते भएका छन् भने बाढीले ७ वटा घरमा क्षति पुर्‍याएको छ । 

पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा गए राति साढे २ः०० बजे कालीगण्डकी नदीमा पहिरो खस्दा नदी किनारमा रहेको काली पुल बजारमा छाल सहितको बाढी आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बाढीले सुविन श्रेष्ठ, राजेन्द्र गुरुङ ,क्षेत्रबहादुर गौचन ,सुरेश पुन ,ताराप्रसाद पुन ,हर्क बहादुर थापा, टिकाबहादुर पुर्जाको घर भत्तकिदा सन्तु पुन, गोविन्द बहादुर बुढा र रेखा नेपाल घाइते भएका छन् । 

सुतिरहेको समयमा ठुलो आवाजसँगै घरभित्र पानी पसेको थियो । पहिरोको कारण कालिपुल बजार क्षेत्रका ३० घरहरू जोखिममा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button