कास्कीमा एसिड सहित ३ जना पक्राउ

पोखरा । कास्कीमा ठूलो मात्रामा एसिड सहित ३ जना पक्राउ परेका छन् । पोखरको गैह्रापाटनबाट बिना इजाजत एसिडको ओसार पसार तथा बेच(बिखन भइरहेको भन्ने गर्ने खबरका आधारमा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा ४ गैह्रापाटनबाट ग ३ च ११४३ को जिपमा १ हजार किलो र पोखरा २ मोहोरिया टोलस्थित अभिषेक औजार पसलबाट ३ सय ५० किलो एसिड बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीकाले जनाएको छ ।
पक्राउ पर्नेमा सवारी चालक बारा जितपुर सिमरा उप–महानगरपालिका १५ घर भई हाल चितवन भरतपुर महानगरपालिका वडा ४ बेलचोक बस्ने १९ वर्षीय मीनबहादुर भारती, विराटनगर महानगरपालिका २ घर भई चितवन भरतपुर बस्ने २ बस्ने २९ वर्षीय केशव सिंह र बागलुङ नगरपालिका ७ ढिकीचौर घर भई हाल पोखरा २ मोहोरियाटोल बस्ने अभिषेक औजार पसलका सञ्चालक ६३ वर्षीय बलबहादुर विक रहेका छन् ।
पोखरामा भेटिएको तेजाबमा सिलबन्दी र लेबलिङ कुनै पनि नभएका कारणे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले बताउनु भयो । एसिड कुन प्रायोजनका लागि ल्याइएको भन्नेबारे अनुसन्धान भइरहेको समेत बताउनुभयो ।
बिना इजाजत तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन)अध्यादेश, २०७७ को दफा ८ र ९ अनुसार मुद्दा दर्ता गरी थप अनुसन्धान भइराखेको प्रवक्ता हमालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्