तपाईँ सुन्दै हुनुहुन्छः

महाकालीमा पानीको बहाव बढेपछि बनबासा पुलमा सवारी आवागमन बन्द

कञ्चनपुर ।  महाकाली नदीमा पानीको बहाव बढेपछि भारतीय प्रशासनले शारदा ब्यारेजको बनबास पुलमा सवारी साधन आवागमन बन्द गरेको छ । 

पहाडी क्षेत्रमा लगातार भएको अविरल वर्षासँगै भारतले धौलीगंगाको बाध खोलेपछि महाकालीमा पानीको बहाव बढेको छ । 

प्रहरीका अनुसार महाकाली नदीमा आज पानीको बहाव १ लाख ५ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको छ । 

झन्डै सय वर्षअघि बनेको बनबासा पुल जीर्ण भएका कारण पानीको बहाव १ लाख क्युसेक प्रतिसेकेन्ड नाघ्ने बित्तिकै सवारी साधन आवागमन बन्द गरिन्छ । 

यस पटक ठुला मात्रै नभई साइकल र मोटरसाइकल आवागमन समेत बन्द गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button