तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष यादवको निधन

नेपालगन्ज। बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ ।

६२ वर्षीय यादवको गए राति नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचारका क्रममा निधन भएको हो । रक्तचाप कम भएपछि साँझ ६ बजे उपचारार्थ भर्ना हुनुभएका यादवको राति १ बजेतिर निधन भएको हो ।

उहाँ २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट जानकी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button