तपाईँ सुन्दै हुनुहुन्छः

पार्टी एकताका लागि मुख्यमन्त्री पद त्यागेको हुँ : निवर्तमान मुख्यमन्त्री राई

फाइल तस्बिर

विराटनगर । प्रदेश न १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले पार्टी एकताका लागि आफूले मुख्यमन्त्री पद त्यागेको बताउनुभएको छ । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मुख्यमन्त्री भीम आचार्यलाई मुख्यमन्त्री पदका लागि  प्रस्ताव गरेर पार्टी एकताका लागि केही भए पनि योगदान दिन पाउँदा आफूलाई खुशि लागेको बताउनुभयो ।  

कुनै पनि पार्टी फुट्नु हुँदैन र  टुटफुटको राजनीतिले कसैलाई फाइदा पुग्दैन भन्नुहुँदै एकताबद्ध भएर पार्टीलाई सङ्गठित बनाउन सबैले त्याग गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो  ।  

३ वर्ष ६ महिना ७ दिनसम्मको आफ्नो कार्यकालमा विकास निमार्ण सङ्घीयता कार्यान्वयन तथा प्रदेशको कानुन निर्माणका उल्लेखनीय काम गरेको उहाँको दाबी थियो  । उहाँले  आफ्नो कार्यकालमा शिर ठाडो पारेर बाहिर सडकमा हिँड्दा जनतासामु अनुहार उज्यालो हुनेगरि काम गरेको दाबी गर्दै वर्तमान मुख्यमन्त्रीलाई पनि आफ्नो निरन्तर साथ र सहयोग रहने बताउनुभयो ।  

मुख्यमन्त्री  पदमा रहँदा प्रदेश न १ को राजधानी तोके पनि संवैधानिक अड्चनका कारण प्रदेशको नामाकंनको विषय भने टुङ्गो लगाउन नसकेको उहाँको भनाई थियो । 

आफ्नो कार्यकालमा ६२ वटा वहुवर्षीय सडक निर्माणको काम तथा  ८७ वटा मुख्यमन्त्री ग्रामीण सडक साथै ६० वटा भन्दा बढी ठुलाठुला परियोजनाको कामलाई अघि बढाएको भन्दै ती परियोजनाको निर्माणको कामले आगामी दिनमा पनि निरन्तरता पाउने उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button