तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा

सिन्धुपाल्चोक । लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा आएको छ । 

मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा आज बिहान ६ः०० बजेको समयमा माथिबाट पहिरो खसेकाले सडक अवरुद्ध भएको थियो । 

पहिरो पन्छाएर सडक सञ्चालनमा आएको स्थानीय पुरु घौरासैनीले जानकारी दिनुभयो ।

तत्कालका लागि सडक सञ्चालनमा आए पनि पानी परिरहेकाले फेरि पहिरो आई सडक अवरुद्ध हुनसक्ने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button