सल्यानमा एक जना मृत फेला
सल्यान। सल्यानको दार्मा गाउँपालिकामा एक पुरुष मृत फेला परेका छन् । शुक्रवार दार्मा गाउँपालिका –५ का अन्दाजी ५० वर्षीय बम बहादुर खत्री मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बिहीबार बैकबाट पैसा निकाल्न भनी फारुला गएका खत्री अबेरसम्म घर नआएपछि गए राती देखिनै परिवारले खोजी गरी रहेका थिए । शुक्रवार बिहान वडा न. ५ कै साउनेखोला स्थित साउनेखोलामा उनी मृत फेला परेका थिए ।स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताउनुभयो । घटनाको विषयमा छानबिन सुरु गरिएको उहाको भनाई छ ।
यस्तै गत असार १ गते वडा न ५ गौतकी ३० वर्षीय खिमा खत्रीको अहिलेसम्म छानबिन हुन सकेको छैनन् । उनीपनि बैकबाट पैसा लिएर घर फर्किनेक्रममा हराएकी थिइन । उनको बलात्कार पछि हत्या भएको परिवारले उजुरी दिए पनि दुई महिना भन्दा बढी भइसक्दा समेत घटनाको वास्तविकता सार्वजनिक हुन सकेको छैन ।








प्रतिक्रिया राख्नुहोस्