वर्षौँ देखि फरार दुई अभियुक्त पक्राउ

लहान । फरक फरक मुद्दामा वर्षौँ देखि फरार दुई अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सिरहाको एक टोलीले आज पक्राउ गरेको छ । जिल्ला अदालत सिरहाबाट कैद तथा जरिवाना तोकिएका अपराधीलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको हो ।
पक्राउ पर्नेमा लागूऔषध मुद्दामा पाँच बर्ष कैद र ३ लाख १ हजार ९ सय २५ रुपैयाँ जरिवाना गरिएका सिरहाको भगवानपुर गाउँपालिका वडा नम्बर–२ बस्ने बर्ष २१ को विष्णुदेव दास रहेको छ । त्यस्तै नागरिकता सम्बन्धी मुद्दामा नौ महिना कैद तोकिएका जिल्ला सिरहा धनगढीमाई नगरपालिका वडा नम्बर–५ बस्ने बर्ष ५९ को राम प्रसाद महरालाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्