पाल्पामा १७ जनामा सङ्क्रमित थपिए
पाल्पा । पाल्पामा बिहीबार १७ जना कोरोना संक्रमितहरु थपिएका छन् ।
यससँगै कोरोनाका सक्रिय सङ्क्रमितहरूको सङ्ख्या २ सय १६ जना पुगेको छ ।
एन्टिजेन परीक्षणमा ७ जना र पिसिआर परीक्षणमा १० जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
२६ जनाको पिसिआर परीक्षण गर्दा १० जना र १ सय ४ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पामा कोरोना परीक्षण भएर संक्रमित हुनेहरूको कुल सङ्ख्या ९ हजार ६ सय १० पुगेको कार्यालयले जनाएको छ ।
२४ घण्टामा थप २४ जना निको भएर घर फिर्ता भएका छन् ।
पाल्पामा अहिलेसम्म २ सय १६ जना कोरोना सङ्क्रमितहरूको निधन भएको छ ।








प्रतिक्रिया राख्नुहोस्