कचनकवलमा ब्राउनसुगरसहित एकजना पक्राउ
झापा । दक्षिणी झापाको कचनकवलमा प्रतिबन्धित लागू औषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कचनकबल ५ निवासी ३७ वर्षीय उपेन्द्रलाल गणेश रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले बुधवार साँझ चेकजाँच गर्दा उनको साथबाट ७ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो । ब्राउन सुगरसहित पक्राउ परेका गणेशलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्