तपाईँ सुन्दै हुनुहुन्छः

जिपीमा शल्यक्रिया सेवा सुरु

तनहुँ ।तनहुँको शुक्ल गण्डकीमा नगरपालिकामा रहेको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा शल्यक्रिया सम्बन्धी सेवा सुचारु गरिएको छ । बिरामीको चाप रहने यो अस्पतालमा बुधवार मलद्धार च्यातिएको समस्याको सफल शल्यक्रिया गरिएको कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

एनेस्थेसियोलोजिस्ट डा. रमेश घिमिरे र सर्जन डा. परिवर्तन बराल नेतृत्वको समूहले ६७ वर्षीय महिलाको १ घण्टा लगाएर मलद्धारको सफल शल्यक्रिया गरेको अस्पतालका जनाएको छ ।कार्यकारी निर्देशक श्रेष्ठले अब मझौला किसिमको शल्यक्रिया समवन्धी सेवा अस्पतालले दिने बताउँदै सेवाग्राहीलाई अन्यत्र जानुपर्ने समस्या हट्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार अस्पतालमा हार्डजोर्नीको शल्यक्रिया समेत भइरहेको जनाउनुभएको छ ।

अर्थोपेडिक सर्जन डा. विद्याभुषण ताम्राकारले बुधवार नै ५० वर्षीय महिलाको हाडजोर्नीको सफल शल्यक्रिया गरेका थिए । लडेर हात भाँचिएका बिरामीको स्नायु समेत जोडिएको समस्याको शल्यक्रिया मार्फत उपचार भएको हो । ७० बेड क्षमतामा सञ्चालित अस्पतालमा कोरोनासँग सम्बन्धित बिरामीको उपचार गर्न ३० बेड क्षमताका आइसोलेसन कक्ष समेत सञ्चालन गरिएको छ । जिल्लाका सबै स्थानीय तहहरूको संयुक्त लगानीमा निर्माण भएको उक्त कक्षमा अक्सिजनको आवश्यकता पर्ने बिरामीको उपचार हुँदै आएको छ ।

१० बेडको आइसियु र ३० बेडको एचडीयु कक्ष रहेको यहाँ बुधवारबाट दुई बिरामीलाई आइसियु राखेर उपचार सुरु गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button