पहिरोले फिदिम फालोट सडक खण्ड अवरुद्ध
पाँचथर । अविरल वर्षाका कारण पहिरो जाँदा फिदिम फालोट सडक खण्ड अवरुद्ध भएको छ ।
सडक खण्डको दर्जनौँ स्थानमा पहिरो गएपछि २० दिन अघिबाट यातायात सञ्चालनमा अवरुद्ध भएको फलेलुङ गाउँपालिका ७ का वडाध्यक्ष शेरबहादुर केरुङले जानकारी दिनुभयो ।
सामान्य लगानीबाट पहिरो पन्छाउन सम्भव नभएकोले बिरामीहरूलाई अस्पताल लैजान समेत समस्या भएको वडाध्यक्ष केरुङले बताउनुभयो ।
पहिरोको कारण फिदिमदेखि प्राङबुङसम्म चल्ने यातायातको साधन चल्न सकेका छैनन् । चाँडोभन्दा चाँडो पहिरो पन्छाएर यातायात सञ्चालन गरिनुपर्ने स्थानीयवासीको भनाइ रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्