स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत साउदद्वारा राजीनामा
काठमाडौँ । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले मङ्गलवार पदबाट राजीनामा दिनुभएको छ ।
अपराह्न ५ बजे नेप्सेमा पत्रकार सम्मेलन गरेर आफूले पदबाट राजीनामा दिएको साउदले जानकारी दिनु भयो ।
पछिल्लो समय सर्वोत्तम सिमेन्टको शेयरमा आफ्नो परिवारको संलग्नताको विषयलाई लिएर नियामक निकाय र बजार सञ्चालनका विषयमा विभिन्न कोणबाट कुरा उठेपछि त्यसलाई प्रस्ट पार्न र अर्थ मन्त्रालयबाट भइरहेको छानबिनलाई समेत सहयोग होस भनेर आफूले राजीनामा गरेको उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्