एमाले अध्यक्ष ओली र भाजपा विदेश विभाग प्रमुखबिच भेटवार्ता
भक्तपुर । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।
चौथाइवालेले आज अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता गर्नुभएको हो ।
नेपालका राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने क्रममा चौथाइवालेले ओलीसँग भेटवार्ता गर्नुभएको हो ।
ओलीसँगको भेटवार्ता पछि ट्विट गर्दै चौथाइवालेले दुई देशको सम्बन्धलाई अझ अगाडि बढाउन सकारात्मक छलफल गरेको उल्लेख गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्