प्रधानमन्त्री देउवासँग भाजपाका विदेश विभाग प्रमुखको शिष्टाचार भेट

काठमाडौं ।प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भारतीय जनता पार्टी(भाजपा)का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले आइतबार शिष्टाचार भेट गर्नुभएको छ ।
आइतबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबिचको आपसी सम्बन्धका साथै दुई पार्टीबिचको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।
सो भेटमा सहभागी कांग्रेस सह महामन्त्री डा प्रकाशशरण महतका अनुसार कांग्रेस र भाजपाबीचको सम्बन्ध थप विस्तारका लागि आपसी भेट तथा पार्टीका क्रियाकलापहरू सक्रिय तुल्याउने विषयमा छलफल भएको थियो ।
दुई दलबिच हुने सहकार्य तथा भेटवार्ताहरूले आपसी दृष्टिकोण बुझ्न तथा आपसको सम्बन्ध थप सुदृढ गर्न मद्दत पुग्ने डा महतले बताउनुभयो । सह महामन्त्री डा महतको निमन्त्रणामा चौथाइवाले नेपाल आउनुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्