तपाईँ सुन्दै हुनुहुन्छः

रेडक्रसद्वारा चार स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण

इलाम । नेपाल रेडक्रस सोसाइटी इलामले इलाम जिल्लाका चार वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । 


शाखाका सभापति शिवप्रसाद गौतम सहितको टोलीले करिब ६ लाख बराबरको सामाग्री  सूर्योदय नगरपालिका, माई नगरपालिका, रोङ र चुलाचुली गाउँ पालिकालाई हस्तान्तरण गरेको हो । 


सूर्योदय नगरपालिका र रोङ गाउँपालिकालाई एक–एक थान अक्सिजन कन्सनट्रेटर, एक–एक थान वाटर प्युरिफायर, दश–दश थान पी पी इ सेट हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी इलामका परामर्शदाता रोमनाथ आचार्यले जानकारी दिनुभयो । 


माई नगरपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर, दश थान पी पी इ सेट र चुलाचुली गाउँपालिकालाई नौ थान पी पी इ सेट र एक थान वाटर प्युरिफायर उपलब्ध गराइएको थियो । 


नेपाल रेडक्रस सोसाइटी केन्द्रबाट प्राप्त सामग्री स्थानीय उपशाखाहरूको समन्वयमा हस्तान्तरण गरेको जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button