तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश प्रमुख शर्माद्वारा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ लिनुभयो ।

राष्ट्रपति भवनमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा १६७ अनुसार उहाँले प्रदेश प्रमुख पदको शपथ लिनुभएको हो ।

त्यस अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायत उपस्थित हुनुहुन्थ्यो ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button