युवाहरूको सक्रियतामा आकर्षक पार्क

काभ्रेपलाञ्चोक । जिल्लाको बनेपा नगरपालिका वडा नं. २ र ४ को सिमाना ‘बाघखोर’ ढुँडामुखमा स्थानीय युवाहरूले नक्कली बाघ सहितको पार्क निर्माण गरेका छन् ।
स्थानीय युवाहरूले आफैँले रकम सङ्कलन गरेर आकाशदेवी सामुदायिक पार्क निर्माण गरेको हो । युवाहरूको सक्रियतामा आकर्षक पार्क निर्माण गर्न स्थानीय युवाहरूले रु १ सय रुपैयाँ उठाएर सुरु गरिएको अभियानमा ३ लाख रुपैयाँ सङ्कलन गरी पार्क निर्माण गरेका छन् । उक्त स्थानमा केही समय अघिसम्म फोहोरको थुप्रो हुने स्थानमा पार्क बनेसँगै आन्तरिक पर्यटनको चहलपहल बढेको छ ।

स्थानीयबाट उठेको रकमले ट्रष्ट निर्माण, बाघको प्रतिमा निर्माण, बस्ने ठाउँको निर्माण गर्नुका साथै दुई वटा नेपाली राष्ट्रिय झण्डा राखिएको स्थानीय युवा नमराज घिमिरेले जानकारी दिनुभयो ।
थप सहयोग प्राप्त भए भ्यु टावर, पिकनिक स्पट र आकर्षक बगैँचा निर्माण गर्ने योजना रहेको घिमिरेले बताउनुभयो । पार्क निर्माणले प्राकृतिक वातावरणलाई यथावत् राख्दै जङ्गलको बीचमा भएको खाली ठाउँको सदुपयोग भएको स्थानीयहरूको दाबी रहेको छ ।

पहिले बाघले दुःख दिएकाले बाघ समाउनको लागि उक्त स्थानमा खोर निर्माण गरिएको स्थानीयको भनाई छ । भ्यु टावर निर्माण भए यहाँबाट बनेपा, धुलिखेल, भक्तपुर र काठमाडौँको दृश्यावलोकन गर्न सकिन्छ । दुई वटा वडाको सीमा क्षेत्रमा परेकाले दुवै वडाले यो क्षेत्रलाई बेवास्ता गरेको स्थानीयको गुनासो छ ।








प्रतिक्रिया राख्नुहोस्