तपाईँ सुन्दै हुनुहुन्छः

पोखरीमा डुबेर सप्तरीमा पाँच वर्षीया बालिकाको मृत्यु

सप्तरी। पोखरीमा डुबेर सप्तरीमा पाँच वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महदेवा गाउँपालिका ४ का सुवन कामैतकी ५ वर्षीया छोरी सोनम कुमारी कामैत रहेकी छन् ।

घर नजिकै रहेको फुदन तिवारीको पोखरीमा बुधवार दिउँसो आफ्नै आमासित नुहाउन गएको बेला डुबेर बालिकाको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

शवको पोस्टमार्टम गरि परिवारजनको जिम्मा लगाएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button