ब्लड बैङ्कलाई बीरगंज महानगरपालिकाद्वारा रेफ्रीजेरेटर हस्तान्तरण

बीरगंज । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र पर्सालाई बिरगंज महानगरपालिकाले ३५० युनिट ब्लड भण्डारण क्षमता भएको ४ लाख ७५ हजार मूल्यको ब्लड बैङ्क रेफ्रीजेरेटर आज एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्र राज कँडेललाई बिरगंज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले सो रेफ्रीजेरेटर हस्तान्तरण गर्नु भएको हो ।
विगत लामो समयदेखि नै नेपाल रेडक्रस एवं रक्तसञ्चार केन्द्रलाई फ्रिज, जेनेरेटर, सर्भर, अनलाइन युपियस, नयाँ भवन निर्माणका लागि महानगरपालिकाले गरेको सहयोग प्रति रेडक्रस पर्साका सभापति कँडेलले महानगरपालिकाका प्रमुख सरावगीलाई आभार व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सरावगीले रेडक्रस जस्तो स्वच्छ संस्थालाई आफ्ना स्वर्गीय पिताले सहयोग गर्दै आउनुभएको थियो, भन्नुहुँदै उहाँले पदमा रहे पनि नरहे पनि आफूले समेत आजीवन रेडक्रसलाई सक्दो सहयोग गरिरहने बताउनुभयो ।

ब्लड बैङ्क रेफ्रीजेरेटर हस्तान्तरण कार्यक्रममा रेडक्रस पर्साकी उपसभापति श्रीमती मधु राणा, बीरगज महानगरपालिकाका कार्यकारी अधिकृत प्रदीप राज निरौला, जनस्वास्थ्य महाशाखा प्रमुख अरुण महतो, महानगरपालिकाका प्रेस सल्लाहकार गोविन्द देवकोटा, रेडक्रसका कोषाध्यक्ष महन्थ प्रसाद यादव, उपमन्त्री साबिर अहम्मद एराज, शाखा अधिकृत उदय राज शर्मा, सौरभराज पाण्डे, मुकेश गुप्ता, पिन्टुु उपाध्याय लगायतको उपस्थिति रहेको रेडक्रस पर्साका राजन श्रीवास्तवले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्