पूर्व अध्यक्ष डा विष्टलाई मातृशोक
काठमाडौँ । नेपाल पत्रकार महासङ्घ तथा नेपाल टेलिभिजनका पूर्वअध्यक्ष डा.महेन्द्र विष्टलाई मातृशोक परेको छ ।
दमरोगबाट पीडित उहाँकी ८३ वर्षीया आमा पूर्णमायाको गएराति काठमाडौँ मेडिकेयरमा उपचारका क्रममा निधन भएको हो ।
दिवङ्गत विष्टको आज उदयपुरको बेलका नगरपालिका–१ आम्बासीमा अन्त्येष्टि गरिएको छ । उहाँका पति, छ छोरा र एक छोरी हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्