पहिरोले नौबिसे–नागढुङ्गा सडक खण्ड अवरुद्ध

धादिङ। त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडक खण्डको सिस्नेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । सिस्नेखोला र खत्रीपैवा बिचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानी खोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिनुभयो ।
लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने र पहिरोमा फसेको ना२ख ८३५३ नम्बरको ट्रकलाई निकालिएको उहाँले बताउनुभयो । सडक फराकिलो पार्ने क्रममा पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।









प्रतिक्रिया राख्नुहोस्