तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशसभामा दल विभाजन सम्बन्धी अध्यादेशको विरोध

मकवानपुर । सङ्घीय सरकारले ल्याएको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशका विषयमा बागमती प्रदेश सभामा एमालेका सांसदहरुले बिरोध गर्नुभएको छ । प्रदेश सभाको मङ्गलवारको बैठकमा बोल्ने सत्ता पक्षीय सांसदहरुले अध्यादेशको बिरोध गर्नुभएको हो । प्रदेश सभामा बोल्ने सत्ता पक्षीय सांसदहरुले अध्यादेशको बिरोध गरेको एमाले सचेतक दिपक निरौलाले बताउनुभयो । 

प्रदेश सभा बैठकको मङ्गलवारको बैठकमा बागमती प्रदेश सभा नियमावली संशोधन विधेयक प्रस्ताव टेबुल भएको छ । प्रदेशसभा सदस्य सांसद जुनेली श्रेष्ठले संशोधन विधेयक संसद्मा प्रस्ताव गर्नुभएको हो । संशोधन विधेयकका लागि १३ सदस्यीय समिति गठन भएको छ । संसदीय समिति थपघट गर्ने, समितिका सुविधा थपघट गर्नसक्नेगरी समितिले कानुन निर्माण गरी छलफलका लागि प्रदेश सभामा प्रस्तुत गरिनेछ । सत्तापक्षको आन्तरिक विवाद समाधान गर्न नेताहरूको व्यवस्थापन गर्ने गरी संसदीय समिति थप्ने गृहकार्य अनुरूप संशोधन प्रस्ताव दर्ता भए पनि एमालेभित्र संस्थापन पक्ष र माधव नेपाल बिच एकता नभए समितिको सङ्ख्या थप्ने प्रयास निरर्थक हुने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button