तपाईँ सुन्दै हुनुहुन्छः

वडा अध्यक्षको मृत्यु

बारा । बारा स्थित सिम्रौनगढ नगरपालिकाको वडा अध्यक्षको निधन भएको छ । जिल्ला को सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दामोदर जैसवालको उपचारको क्रममा काठमाडौँको मेडिसिटी हस्पिटलमा निधन भएको हो ।

५० वर्षीय जैसवाल अकस्मात् बिरामी भएपछि साउन १९ गते बीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार हुन नसक्दा थप उपचारका लागि साउन २० गते काठमाडौँको दीर्घायु र २३ गते मेडिसिटी हस्पिटलमा भर्ना गरिएको थियो । 

उहाँको त्यहीँ उपचारका क्रममा हिजो राती निधन भएको नगरप्रमुख विजय शङ्कर यादवले बताउनुभयो । निधन भएका वडा अध्यक्षको आजै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले बताएको छ । २०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा जैसवाल नेकपा माओवादीबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button