जग्गाको सट्टापट्टा वा स्थानान्तरणको कार्य नगर्न सरकारलाई समितिको निर्देशन
काठमाडौँ । प्रतिनिधि सभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले झापामा रहेको गिरीबन्धु टि इस्टेट प्रा.ली.को स्वामित्वमा रहेको जग्गाको सट्टापट्टा वा स्थानान्तरणको कार्य नगर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले नेपाल सरकारले गत वैशाख १३ गते गरेको गिरीबन्धु टि इस्टेट प्रा.ली झापाको स्वामित्वमा रहेको जग्गाको सट्टापट्टा वा स्थानान्तरणको निर्णय प्रति समितिको गम्भीर ध्यानाकर्षण भएको भन्दै कार्यान्वयन नगर्न र नगराउन निर्देशन दिएको हो ।
समितिको बैठकले भूमिसुधार ऐन, २०२१ को दफा ७ अनुसारको जग्गाका सन्दर्भमा मुलुकभरि रहेका जग्गाको यथार्थ अद्यावधिक विवरण तयार गरी आगामी भदौ ३१ गते भित्र समितिमा पेश गर्न पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ ।
यस्तै समितिले भूमिसुधार ऐन, २०२१ ले तोके बमोजिमको हद भन्दा बढी रहेको जग्गालाई नेपाल सरकारको नाममा ल्याउने गरी काम थाल्न पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय निर्देशन दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्