तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो ।

महोत्तरीको पिपरा गाउँपालिकाका मिश्र नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुनुहुन्छ । मिश्र नेपाली कांग्रेसबाट संसद समेत निर्वाचित हुनुभएको थियो ।

यससँगै केपी शर्मा ओली सरकारको सिफारिसमा नियुक्त हुनुभएका राजेश अहिराज पदमुक्त हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button