तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी १७ लबिपुरस्थित अङ्कित बढी ग्यारेजका मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । 

मृत्यु हुनेमा ताप्लेजुङ मेरिङ्डा गाउँपालिका ४ घर भई हाल सोही ग्यारेजका मजदुर ४० वर्षीय राम कुमार लिम्बु रहेका छन् ।

आइतबार बेलुका पौने ६ बजे गाडीको बडी बनाउने क्रममा करेन्ट लागि गम्भीर घाइते भएका लिम्बुको एपेक्स अस्पताल इटहरीमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button