झापामा प्रहरी हुँ भन्दै पैसा माग्ने र कुटपिट गर्ने दुई जना पक्राउ

भद्रपुर, झापा । झापामा प्रहरी हुँ भन्दै सर्वसाधारणलाई धम्क्याएर रकम असुल्ने र कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार झापा कनकाई नगरपालिकाका ४० वर्षीय विकाश उप्रेती बिर्तामोडका ३२ वर्षीय टिका खत्री पक्राउ परेका हुन् ।
उनीहरूले यही साउन ११ गते दिउँसो बिर्तामोडकी नयनसरी राजवंशीको घरमा गई ‘हामी सादा पोसाकका प्रहरी हौँ, तिम्रो छोरा लागु औषध खाने–बेच्ने गर्दो रहेछ, छोरालाई जोगाउने हो भने २० हजार दिनू, नभए मुद्दा हालिदिन्छौंं’ भन्दै नयनसरीको साथमा भएको ११ सय रुपैयाँ लिएर गएको र पछि फेरि १४ गते राति पुनः सोही घरमा गएर छोरा विशाल राजवंशीलाई कुटपिट गरेका थिए ।
पीडित राजवंशीले किटानी जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरी अभद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्