तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस केन्द्रीय कार्य समितिको बैठक सुरु

फाइल तस्बिर

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा सुरु भएको छ ।

बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्य तालिका सम्बन्धमा छलफल हुने बताइएको छ । काँग्रेसले क्रियाशील सदस्य सम्बन्धी विवाद समाधान गर्न नसक्दा महाधिवेशन अनिश्चित बनेको छ ।

आजको बैठकले महाधिवेशनका लागि  नयाँ कार्य तालिकाका  मिति तय गर्न सक्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button