भीमदत्तको शिक्षा शाखामा विगत २५ दिन देखि तालाबन्दी
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको शिक्षा शाखामा विगत २५ दिनदेखि तालाबन्दी गरिएको छ।
शिक्षा शाखा समितिको गत असार ३१ गते बसेको बैठकले शिक्षक दरबन्दी मिलान गर्ने निर्णय गरेपछि नेपाल शिक्षक सङ्घमा आबद्ध शिक्षकहरूले विभिन्न माग राख्दै साउन ३ गतेबाट शाखा कार्यालयमा तालाबन्दी गरेको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले बताउनुभयो ।
शिक्षकहरूले तालाबन्दी गर्नुका साथै शाखा कार्यालय अगाडि धर्ना पनि दिइरहेका छन्। तालाबन्दीसँगै धर्ना दिएका शिक्षकहरूले साउन १८ देखि रिले अनसनमा समेत गरेका छन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शिक्षक दरबन्दी मिलान कार्यविधि २०७६ विपरीत मनपरी ढङ्गले दरबन्दी मिलान गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।
शाखामा तालाबन्दी गर्दा शिक्षकहरूको कार्य सम्पादन मूल्याङ्कन, शिक्षकहरूको तलब लगायत अन्य काममा पनि प्रभाव परेको शिक्षा शाखाले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्