कोरोनाबाट ज्यान गुमाएका सहकर्मीका परिवारलाई १ लाख ९७ हजार सहयोग

अछाम । कोरोनाबाट ज्यान गुमाएका सहकर्मीका परिवारलाई महालक्ष्मी विकास बैङ्क लि. का कर्मचारीले आर्थिक सहयोग गरेका छन् ।
अछामको साँफेबगर शाखामा सुरक्षा गार्डमा कार्यरत चौरपाटी गाउँपालिका वडा नम्बर ४ का स्वर्गीय प्रेम बहादुर बोहराको परिवारलाई आर्थिक सहयोग गरिएको हो ।
महालक्ष्मी विकास बैङ्क लि.को पहलमा बोहराका परिवारलाई १ लाख ९७ हजार २ सय रुपैयाँ प्रदान गरेको महालक्ष्मी विकास बैङ्क लि. साँफेबगरका शाखा प्रमुख पुनित शाहले बताउनुभएको छ । बोहराको वैशाख ३१ गते कोभिड–१९ का कारण निधन भएको थियो ।
महालक्ष्मी विकास बैङ्क लि. को टोली बोहराको निवास चौरपाटी गाउँपालिका वडा नम्बर ४ मदने पुगेर राहत बापतको १ लाख ९७ हजार २ सय रुपैयाँको चेक बोहराका पत्नी लक्ष्मी बोहरा र पार्वती बोहरालाई हस्तान्तरण गरिएको हो ।
महालक्ष्मी विकास बैङ्कका सम्पुर्ण कर्माचारीहरुले खाजा खर्च कटौती गरेर बोहराका परिवारलाई आर्थिक सहयोग गरेको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्