झुन्डिएको अवस्थामा एक पुरुषको शव फेला
बारा । बाराको आदर्श कोतवाल गाउँपालिकामा एक पुरुष झुन्डिएको अवस्थामा शव फेला परेको छ ।
फेला परेको सब आदर्श कोतवाल गाउँपालिका वडा नं.६, पटेर्वा निवासी ५५ वर्षीय नगीना साह कानुको रहेको छ ।
आज बिहान घरबाट पूर्व लक्ष्मीनिया मठ नजिक रहेको रुखमा पासो लगाई झुन्डिएको अवस्थामा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थल पुगेको प्रहरीको टोलीले घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय महेन्द्र आदर्श चिउटाहाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्