मनाङका बाढीपीडित भन्छन्, ‘राज्यले उपेक्षा गर्याे’

मनाङ । गत असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीका कारण गाउँ नै डुबानमा परी बगर बनेपछि गाउँमाथिको डाँडामा त्रिपालको भरमा बस्दै आएका नासो गाउँपालिका–१ ताल सिरानताल गाउँका बासिन्दा पुनर्वासको पर्खाइमा छन् ।
ताल सिरानताल गाउँको मात्रै ५९ घर विस्थापित भएको छ । त्रिपालको भरमा बसेका स्थानीयहरूको पुनर्वासको त कुरै छोडौँ, राज्यबाट कुनै पनि राहतको व्यवस्था भएको छैन।केवल विभिन्न संस्था र ब्यक्तिहरुद्वारा मात्र राहातहरु उपलब्ध भएको छ । असारको दोस्रो साता गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेल सहितका टोली चामे सम्म आइ त्यहीबाट पोखरा फर्केका थिए ।
दुई दिनअघि मात्र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, उर्जामन्त्री पम्फा भुसाललगायतको टोली स्थलगत अध्ययनका लागि मनाङ पुगेको थियो तर उक्त टोली पनि ताल लगायत अन्य बढी क्षतिग्रस्त गाउँहरू पुग्न सकेन । आफ्नो पीडा सुनाउन पर्खेर बसेर बाढीपीडित तालवासीलाई नेताहरूको टोलीले निराश बनाइदिएको नासोँ–१ का वडाध्यक्ष झलकबहादुर गुरुङले बताउनुभयो ।
स्थानीय सिंहबहादुर गुरुङ गुनासो गर्दै भन्छन्, ‘राज्यले हामी बाढी पीडितहरूलाई उपेक्षा गर्याे । बाढी गएको करिब दुई महिना पुग्न लाग्दा समेत सरकारद्वारा कुनै ठोस कार्यक्रम ल्याउन सकिएन सरकारको उपस्थिति शून्य प्राय देखियो ।´








प्रतिक्रिया राख्नुहोस्