बागलुङमा बोलेरो दुर्घटना हुँदा ६ जना घाइते

बागलुङ । बागलुङको गलकोटमा बोलेरो पिकअप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
आइतबार साँझ करिब ७ः०० बजेतिर गलकोट नगरपालिका वडा नम्बर १ को ठुल्डाँडा लाकुरीबोटमा ग२च ९२४६ नम्बरको बोलेर पिकअप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएको प्रहरी चौकी हटियाले जनाएको छ ।
घाइते हुनेमा बरेङ गाउँपालिका वडा नम्बर ५ का २० वर्षका चालक यादव खत्री, गलकोट नगरपालिका वडा नम्बर ६ जामुडाँडा निवासी २३ वर्षका कृष्ण बि.क. सोही ठाउँका २१ वर्षका केशव नेपाली, २० वर्षका गणेश नेपाली, २३ वर्षका सुजन नेपाली र १९ वर्षका जीवन नेपाली रहेको ट्राफिक प्रहरी जवान थम नारायण ढकालले जानकारी दिनुभयो ।
घाइते ६ जनाको हटियास्थित इमरजेन्सी पोलिक्लिीनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते केशव नेपाली र सुजन नेपालीलाई थप उपचारको लागि पोखरा पठाउने तयारी भएको ढकालले जानकारी दिनुभयो । बागलुङबाट गलकोट आउँदै गरेको पिकअप दुर्घटना भई सडकबाट करिब २ सय ५० मिटर तल झरेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्