तपाईँ सुन्दै हुनुहुन्छः

छुट्टा छुट्टै घटनामा तीन जनाको मृत्यु

मकवानपुर । मकवानपुरको विभिन्न स्थानमा भएको छुट्टा छुट्टै दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । 


टाटा सुमो दुर्घटना, झरना हेर्ने क्रममा चिप्लिएर र पानी घट्टमा परेर तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
आज काठमाडौँबाट यात्रु बोकेर वीरगन्जतर्फ आउँदै गरेको सुनौलो यातायातको सुमो ईन्द्रसरोबर–२ सिम खोलामा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको र ४ जना घाइते भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । 


घाइते हुनेमा भारतको ज्ञानबाद बस्ने १४ वर्षीय रोनक कुमार, सोही ठाउँ बस्ने १७ वर्षीय शङ्कर कुमार, विशाल कुमार र शिव शक्ति कुमार रहेको प्रहरीले जनाएको छ । 


यस्तै सोही गाउँपालिकास्थित मोहिनी झरना हेर्न आएका पाँचथर घर भई हाल काठमाडौँ नागार्जुन–३ बस्ने अन्दाजी २३ वर्षीय सन्देश राईको चिप्लेर झरनामा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 


यस्तै जिल्लाको बकैया गाउँपालिका–१२ धारापानीमा पानी घट्टमा परेर शनिबार साँझ स्थानीय ७ बर्षीया रोशनी न्यासुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button