तपाईँ सुन्दै हुनुहुन्छः

ट्यांकरको ठक्करबाट एक महिलाको मृत्यु

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका–६, कठौनामा ट्यांकरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।बाराको आदर्श कोतवाल गाउँपालिका–३ की ६५ वर्षीय मलादेवी गिरीको मृत्यु भएको हो । ना४ख २८०० नम्बरको बसबाट ओर्लिएर सडक पार गर्दै गरेकी उनलाई

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ख २४४१ नम्बरको ट्याङ्करले गए राती  ठक्कर दिएको थियो ।उपचारको लागि रुपनीस्थित युनिक अस्पताल पु¥याउना साथ गिरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । ट्याङ्करसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button