दारी ग्याङ पोखराले गर्यो फेवाताल सरसफाइ

पोखरा । “गालामा दारी काँधमा जिम्मेवारी ”भन्ने नारासहित सामाजिक कार्य गर्दै आएको दारी ग्याङ पोखराले फेवाताल सरसफाइ गरेको छ ।
ग्याङ पोखराले प्रत्येक बर्ष फेवातालमा नियमित जलकुम्भी झार सफा गर्दै आएको छ ।
छैटौँ पटक आज पोखराको हल्लन चोकदेखि पामे जाने बाटोसम्म फेवा किनारमा रहेका जलकुम्भी झार फालेर सफा गरेको हो ।
केही वर्षदेखि फेवा तालमा जलकुम्भी झारले फेवा ताललाई नै कुरूप बनाउँदै लगेको छ ।
दारी ग्याङ पोखराले फेवा तालमा आउने जलकुम्भी झार फाल्न पोखरा महानगर पालिका र वडा कर्यालयहरुलाई समेत बेला बेलामा ध्यानाकर्षण गराउँदै आएको दारी ग्याङ पोखराका संयोजक अभिमन्यु पाण्डेले बताउनुभयो ।
उहाँले जलकुम्भी झारले गर्दा पोखरा आउने पर्यटकहरूलाई समेत नरमाइलो लाग्ने भन्दै पोखरामा अहिले पर्यटक नभएको समयलाई ध्यान राखेर आगामी दिनमा फेवाताल सधैँको लागि सफाइ राख्न दबाब दिनको लागि पनि सरसफाइ कार्यक्रम आयोजना गरिएका बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्