तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषधसहित दुई जना पक्राउ

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेक

गुलरिया नगरपालिका वडा नं.४ बस्ने  २१ वर्षीय सन्तोष भट्टराई र वडा नं.७ बस्ने २२ वर्षीय अर्जुन सुनारलाई ९३० मिलिग्राम लागु औषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

 लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज बाँके र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको संयुक्त प्रहरी टोलीले गुलरिया नगरपालिका वडा नं.६ निलो पेट्रोल पम्पस्थित गुलरिया–नेपालगंज सडकमा शङ्कास्पद रुपमा हिँडडुल गरेको अवस्थामा शङ्का लागि सोधपुछ गर्ने क्रममा लागु औषध ब्राउन सुगर फेला परेकोले उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले बताउनुभयो ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शाहीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button