तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालको सार्वजनिक खरिद सम्बन्धी तालिम सम्पन्न (फोटोफिचर)

No description available.

काठमाडौँ । रेडियो नेपालका कर्मचारीहरूका लागि शुरु गरिएको सार्वजनिक खरिद सम्बन्धी ५ दिने तालिम आज सम्पन्न भएको छ ।

तालिमको समापन गर्नुहुँदै रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर के.सी.ले रेडियो नेपालबाट हुने खरिद प्रक्रियालाई पारदर्शी र  मितव्ययी बनाउन तालिमबाट हासिल गरेका ज्ञान, सीप र दक्षतालाई संस्थागत गर्न सबैलाई आग्रह गर्नुभयो ।

खरिद प्रक्रिया सम्बन्धी पर्याप्त ज्ञान नहुँदा समय समयमा विभिन्न प्रकारका उजुरीहरू समेत झेल्नु परेको स्मरण गर्नुहुँदै कार्यकारी निर्देशक के.सी.ले आगामी दिनमा खरिद प्रक्रियामा त्यस्तो समस्या नआउने विश्वास समेत व्यक्त गर्नुभयो ।

रेडियो नेपाल सञ्चालक समितिका सदस्य र एवं कार्यक्रम महाशाखा प्रमुख टिका भण्डारीले तालिमबाट प्राप्त भएका सीप र दक्षतालाई कार्यान्वयन गरेमा सार्वजनिक खरिद प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन सकिने बताउनुभयो ।

कार्यक्रममा रेडियो नेपालका निर्देशक एवं व्यापार महाशाखा प्रमुख खगेन्द्र खत्रीले विगतमा खरिद प्रक्रियामा देखिएका समस्या समाधान गरी खरिद प्रक्रियालाई उन्नत र प्रभावकारी बनाउन तालिमबाट सिकेका सीप महत्त्वपूर्ण हुने बताउनुभयो ।

रेडियो नेपालमा कार्यरत २१ जना कर्मचारी सहभागी रहनुभएको उक्त तालिमको सहजीकरण तालिम शाखा प्रमुख जनार्दन विष्टले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button